काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाँच लाख रुपैयाँ घुससहित पक्राउ परेका कर अधिकृत युवराज एमएस पाल र चार्टर्ड एकाउन्टेन्ट राम रिझन यादवविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।
कर लेखापरीक्षणको काम मिलाइदिने भन्दै सेवाग्राहीसँग घुस मागेको आरोपमा उनीहरू पक्राउ परेका थिए। अनुसन्धानमा दुवै जनाले मिलेमतो गरी घुस रकमको बार्गेनिङ गरेको पुष्टि भएपछि अख्तियारले बिगोबमोजिम जरिवाना र कैद सजायको मागदाबी गरेको छ।
प्रकाशित मिति: २ भाद्र २०८३, मंगलबार











प्रतिक्रिया