काठमाडौं  । हेटौँडा उपमहानगरपालिका–१९ स्थित बासुदेव खोलाले बगाएका चार विद्यार्थीमध्ये एक जनाको मृत्यु भएको छ भने एक जनालाई घाइते अवस्थामा उद्धार गरिएको छ। दुई विद्यार्थी अझै बेपत्ता छन्।

विद्यालयबाट घर फर्किने क्रममा खोलाले बगाएका राक्सिराङ–१ की कक्षा २ मा अध्ययनरत रेशमा स्याङतान मृत अवस्थामा फेला परेकी हुन्। कक्षा ६ की सिमा बोलनलाई घाइते अवस्थामा उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

कक्षा ५ की सुमित्रा बोलन र कक्षा ७ की बिनता बोलन भने अझै बेपत्ता छन्। उनीहरूको खोजीका लागि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ।

प्रकाशित मिति: २ भाद्र २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com