काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणमा ‘थाई गाँजा’ नेपाल भित्र्याउने प्रयास गरेको आरोपमा प्रहरीले आठ जना विदेशी नागरिकलाई पक्राउ गरेको छ।

लागुऔषध नियन्त्रण ब्युरोको विमानस्थल शाखाबाट खटिएको टोलीले उनीहरूलाई छुट्टाछुट्टै अन्तर्राष्ट्रिय उडानमार्फत काठमाडौं आएपछि नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा म्यानमारका पाँच र भारतका तीन नागरिक छन्। उनीहरूको लगेज जाँच गर्दा कुल ३९ किलो २८८ ग्राम थाई गाँजा बरामद भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार म्यानमारका पाँच नागरिक थाइल्यान्डको बैंककबाट थाई एयरवेजमार्फत काठमाडौं आएका थिए। त्यस्तै, भारतीय नागरिकहरू थाइल्यान्डकै फुकेटबाट बाटिक एयरको उडानमार्फत नेपाल आएका थिए।

पक्राउ परेका व्यक्तिहरूको साथबाट आठ थान राहदानी र आठ थान मोबाइल फोन समेत बरामद गरिएको छ।

लागुऔषध नियन्त्रण ब्युरोका सहप्रवक्ता एवं प्रहरी नायब उपरीक्षक जीवन निरौलाका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ। पक्राउ परेकाहरूमाथि लागुऔषध ओसारपसारसम्बन्धी कसुरमा कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।

पक्राउ पर्नेहरूः

प्रकाशित मिति: ३ भाद्र २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com