काठमाडौं ।  क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एननिजीसेल आजियटा प्रालिले मोबाइल सेवा अनुमतिपत्र (लाइसेन्स) नवीकरण दस्तुरबापत सरकारलाई ४ अर्ब ९६ करोड ४५ लाख ८२ हजार १ सय ९१ रुपैयाँ भुक्तानी गरेको छ। एनसेलले उक्त रकम नेपाल दूरसञ्चार प्राधिकरणको नबिल बैंक लिमिटेडमा रहेको खातामा दाखिला गरेको हो।

भदौ १५ गतेभित्र बुझाउनुपर्ने नवीकरण दस्तुरको किस्ताअन्तर्गत एनसेलले बाँकी सावाँसँगै ब्याजसमेत भुक्तानी गरेको छ । एनसेलले बुझाएको रकममध्ये ४ अर्ब २५ करोड रुपैयाँ बाँकी किस्ताको सावाँ रहेको छ भने २०८२ भदौ ७ गतेदेखि २०८३ असार मसान्तसम्मको टीडीएस कट्टीपछिको ब्याजबापत ६४ करोड ९२ लाख ६० हजार २ सय ७३ रुपैयाँ र २०८३ साउन १ गतेदेखि भदौ २ गतेसम्मको ब्याजबापत ६ करोड ५३ लाख २१ हजार ९ सय १७ रुपैयाँ बुझाएको छ।

यसअघि नै एनसेलले २०८२ भदौ ६ गतेसम्मको किस्ता र ब्याज भुक्तानी गरिसकेको थियो। सरकारले एनसेललाई लाइसेन्स नवीकरण दस्तुर चार किस्तामा भुक्तानी गर्ने सुविधा दिएको छ। २०८१ भदौमा बसेको मन्त्रिपरिषद् बैठकले एनसेललाई वार्षिक १० प्रतिशत ब्याजसहित किस्ताबन्दीमा नवीकरण दस्तुर बुझाउने सुविधा दिएको थियो।

एनसेलले लाइसेन्स नवीकरणका लागि तिर्नुपर्ने कुल २० अर्ब रुपैयाँमध्ये पहिलो किस्ताबापत ४ अर्ब रुपैयाँ भुक्तानी गर्दै २०८१ जेठ १४ गते नवीकरणका लागि निवेदन दिएको थियो। एनसेलको प्रस्ताव स्वीकार गर्दै सरकारले बाँकी रकम वार्षिक १० प्रतिशत ब्याजसहित किस्तामा बुझाउन सक्ने व्यवस्था गरेको थियो।
पछिल्लो भुक्तानीसँगै एनसेलले लाइसेन्स नवीकरणका लागि तोकिएको किस्ताबन्दी भुक्तानी प्रक्रियालाई अघि बढाएको छ।

प्रकाशित मिति: ३ भाद्र २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com