काठमाडौं । जीतपुरसिमरा–१ मा तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले १६ वर्षीय सहचालक र २४ वर्षीय चालकलाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार बालिकालाई चकलेटको प्रलोभन देखाएर एकान्तमा लगिएको थियो। घटनापछि दुवै जनाविरुद्ध जबरजस्ती करणी र कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता गरी चार दिनको म्याद थप गरिएको छ।
प्रकाशित मिति: ३ भाद्र २०८३, बुधबार












प्रतिक्रिया