काठमाडौं । इरानी संसद्का अध्यक्ष मोहम्मद बाकर गालिबाफले अमेरिकी अधिकारीहरूले इरानमाथि थप दबाब सिर्जना गरेर कुनै पनि सम्झौताको हिस्सा नरहेका सहुलियत (छुट) दिन बाध्य पार्न सकिन्छ भन्ने सोचेको बताएका छन्।
गालिबाफले सामाजिक सञ्जाल ‘एक्स’ मा अमेरिकी अर्थमन्त्री स्कट बेसेन्ट र रक्षामन्त्री पिट हेगसेथको नाम उल्लेख गर्दै लेखेका छन्, “यी दुवैले यस मामिलालाई सम्हाल्न सक्दैनन्। अमेरिकी प्रशासनले पहिले आफूले सिर्जना गरेका समस्याहरूको समाधान गर्नुपर्छ।”
आफ्नो इराक भ्रमणका सन्दर्भमा अर्को एक पोस्ट शेयर गर्दै उनले लेखेका छन्, इरानी र इराकी जनताबीचको सम्बन्ध ऐतिहासिक र अटुट छ। यस भ्रमणका क्रममा हामी दुवै देशको व्यक्तिगत तथा सामूहिक शान्ति र दुवै देशका जनताको समृद्धिलाई थप सुदृढ बनाउन व्यावहारिक र महत्वपूर्ण कदम चाल्नेछौँ।
प्रकाशित मिति: ४ भाद्र २०८३, बिहिबार













प्रतिक्रिया