मकवानपुर । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्री नियुक्त भएका थापालाई प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले शुक्रबार पद तथा गोपनीयताको शपथ गराएका हुन्।
एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को समर्थनमा थापा बागमतीको मुख्यमन्त्री नियुक्त भएका हुन्। उनले प्रदेशसभाका ६३ सांसदको समर्थनसहित सरकार गठनका लागि दाबी पेस गरेका थिए।
मुख्यमन्त्री थापालाई एमालेका २५, नेकपाका २६ र राप्रपाका १२ सांसदको समर्थन रहेको छ।
यद्यपि, थापालाई मुख्यमन्त्री बनाउन राप्रपाले समर्थन गरेको विषयमा पार्टीभित्रै विवाद देखिएको छ। पार्टीभित्रको असहमतिबीच थापा मुख्यमन्त्री नियुक्त भएका हुन्।
नवनियुक्त मुख्यमन्त्री थापाले अब सत्ता साझेदार दललाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन्।
प्रकाशित मिति: ४ भाद्र २०८३, बिहिबार













प्रतिक्रिया