काठमाडौं । चेक बाउन्स मुद्दामा पक्राउ परेका जनता टेलिभिजनका अध्यक्ष विजयप्रसाद पौडेल रिहा भएका छन्।

पौडेललाई बिहीबार बानेश्वरस्थित जनता टेलिभिजनको कार्यालयबाट प्रहरीले पक्राउ गरेको थियो। पूर्वकर्मचारीलाई तिर्नुपर्ने १ लाख ५० हजार रुपैयाँ रकम भुक्तानी गरेपछि उनलाई रिहा गरिएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौँका एक प्रहरी अधिकृतका अनुसार रकम भुक्तानी गरेपछि पौडेललाई रिहा गरिएको हो।

पौडेलविरुद्ध जनता टेलिभिजनका पूर्वकर्मचारीले चेक बाउन्ससम्बन्धी उजुरी दिएका थिए। सोही उजुरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको थियो।

प्रकाशित मिति: ४ भाद्र २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com