काठमाडौं । दाङ प्रहरीले जिल्लाका विभिन्न सामुदायिक तथा राष्ट्रिय वन क्षेत्रमा लुकाइछिपाइ राखिएका ३७ नाल अवैध भरुवा बन्दुक बरामद गरेको छ। प्रहरीले भदौ १ देखि ४ गतेसम्म सञ्चालन गरेको विशेष अपरेसनका क्रममा ती बन्दुक बरामद गरेको हो।
प्रहरीका अनुसार बंगलाचुली, लमहीलगायतका विभिन्न वन क्षेत्रमा खटिएका टोलीले बन्दुक बरामद गरेका हुन्।

यसअघि पनि साउन १६ देखि १९ गतेसम्मको खोजतलास अभियानमा ५५ नाल भरुवा बन्दुक बरामद गरिएको थियो। वन क्षेत्रमा सिकार तथा अन्य अवैध गतिविधिका लागि बन्दुक लुकाइएको हुन सक्ने आशंकामा प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रकाशित मिति: ४ भाद्र २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com