काठमाडौं । सरकार र दुर्गा प्रसाईं समूहबीच वार्ता भइरहेका बेला प्रहरीले प्रसाईंको भक्तपुरस्थित निवासमा छापा मारेको छ। बिहीबार उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले निकोसेरास्थित प्रसाईंको घरमा खानतलासी गरेको हो।
प्रहरीले छापा मार्नुको कारण भने अहिलेसम्म खुलाएको छैन। सरकारविरुद्ध अभिव्यक्ति दिँदै आएका प्रसाईं यसअघि पनि पक्राउ पर्दै अदालतको आदेशमा रिहा हुँदै आएका थिए। उनका समूहका मागबारे सरकारले संवाद अघि बढाइरहेका बेला प्रहरीको छापा परेको हो।
प्रकाशित मिति: ४ भाद्र २०८३, बिहिबार













प्रतिक्रिया