काठमाडौ । दाङको राप्ती गाउँपालिका–१, माथिल्लो भालुवाङस्थित पेट्रोल पम्प नजिकै यात्रुबाहक ईभी गाडीले स्कुटरलाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ।
भालुवाङबाट प्युठानतर्फ जाँदै गरेको लु.प्र.०२–००१ ज ०१०८ नम्बरको ईभी गाडीले लापेबाट भालुवाङतर्फ आउँदै गरेको रा.४ प ५८३६ नम्बरको स्कुटरलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।
दुर्घटनामा स्कुटरको पछाडि सवार अर्घाखाँचीको सितगंगा नगरपालिका–८ की ३२ वर्षीया सम्झना केसी घाइते भएकी थिइन्। उपचारका लागि भालुवाङ अस्पताल पुर्याइएकी उनको उपचारकै क्रममा मृत्यु भएको हो।
दुर्घटनामा स्कुटर चालक २० वर्षीय अभिषेक कुमाल र ईभी चालक २२ वर्षीय लक्ष्मण पुन संलग्न रहेको प्रहरीले जनाएको छ। प्रहरीले दुवै सवारीसाधनसहित ईभी चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको छ।
प्रकाशित मिति: ४ भाद्र २०८३, बिहिबार













प्रतिक्रिया