काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिमा मन्त्रीसहित नौ जना नयाँ सदस्य मनोनीत गरेको छ। शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले उनीहरूलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको हो।

केन्द्रीय सदस्यमा मनोनीत हुनेमा गृहमन्त्री सुधन गुरुङ, पूर्वाधार विकासमन्त्री सुनिल लम्साल र सामान्य प्रशासनमन्त्री प्रतिभा रावल छन्।

त्यस्तै भूपदेव शाह, पुरुषोत्तम यादव, बसुमाया तामाङ, डा. मनोहर प्रधान, सुरेन्द्र चौधरी र डा. भक्तबहादुर राई पनि केन्द्रीय सदस्यमा मनोनीत भएका छन्।

बैठकले पार्टीका विभिन्न विभागको नेतृत्वसमेत तोकेको छ। संगठन विभाग प्रमुखमा प्रमोद न्यौपानेलाई जिम्मेवारी दिइएको छ भने सार्वजनिक सेवा तथा जनगुनासो विभागको जिम्मेवारी विजय जैरुलाई दिइएको छ।

त्यसैगरी जनस्वास्थ्य विभागमा डा. तोसिमा कार्की, पूर्वाधार विभागमा निशा डाँगी, अन्तर्राष्ट्रिय तथा कूटनीतिक विभागमा परराष्ट्रमन्त्रीसमेत रहेका शिशिर खनाल र अर्थ विभागमा लीमा अधिकारीलाई जिम्मेवारी तोकिएको छ।

पार्टीको सांगठनिक संरचनालाई थप व्यवस्थित बनाउँदै विभागीय कामलाई प्रभावकारी रूपमा अघि बढाउने उद्देश्यले बैठकले नयाँ जिम्मेवारी बाँडफाँट गरेको रास्वपाले जनाएको छ।

प्रकाशित मिति: ५ भाद्र २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com