काठमाडौ । कर्णाली प्रदेश सरकार विस्तारका लागि नेकपाले आफ्नो भागमा पर्ने मन्त्रीको नाम टुंगो लगाउन सकेको छैन। एमालेका तीन मन्त्रीले सपथ लिइसके पनि नेकपाभित्र आकांक्षी धेरै भएपछि मन्त्री छनोटमा सकस भएको हो।
महिला तथा समावेशी प्रतिनिधित्व, जिल्लागत सन्तुलन र नयाँ–पुराना सांसदमध्ये कसलाई अवसर दिने भन्ने विषयले पनि नेतृत्वलाई निर्णय गर्न कठिन भएको छ। विभिन्न जिल्लाबाट आ–आफ्ना सांसदलाई मन्त्री बनाउन दबाब बढिरहेको छ।
प्रकाशित मिति: ५ भाद्र २०८३, शुक्रबार













प्रतिक्रिया