झापा । झापाको मेचीनगरमा नाबालिग हुँदादेखि एक युवतीलाई ललाईफकाई जबरजस्ती करणी गरेको आरोपमा ४० वर्षीय पुरुष पक्राउ परेका छन्।
पक्राउ पर्नेमा मेचीनगर नगरपालिका–१५ का अशोककुमार राई रहेका छन्। प्रहरीका अनुसार राईले युवती नाबालिग हुँदादेखि नै जबरजस्ती करणी गरेको आरोप छ। हाल १८ वर्ष पुगिसकेकी युवती घटनाका कारण ८ महिनाको गर्भवती रहेको प्रहरीले जनाएको छ।
पीडितकी आमाले इलाका प्रहरी कार्यालय धुलाबारीमा जाहेरी दिएपछि प्रहरीले राईलाई शुक्रबार पक्राउ गरेको हो।
प्रहरीका अनुसार राई विवाहित हुन्। उनको श्रीमती र छोराछोरीसमेत छन्। पक्राउ परेका राईलाई इलाका प्रहरी कार्यालय धुलाबारीमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको छ।
युवतीलाई हाल आफन्त नेपाल काँकडभिट्टाको संरक्षणमा राखिएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: ६ भाद्र २०८३, शनिबार













प्रतिक्रिया