पाल्पा । पाल्पामा १० वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा १६ वर्षीय किशोर पक्राउ परेका छन्।
प्रहरीका अनुसार गत साउन १५ गते दिउँसो किशोरले बालिकालाई आफ्नो घरमा लिची खान बोलाएका थिए। त्यसक्रममा जबरजस्ती करणी गरेको आरोप छ।
घटनाबारे पीडित बालिकाको किटानी जाहेरीपछि भदौ ४ गते जिल्ला प्रहरी कार्यालय पाल्पाले अनुसन्धान अघि बढाएको थियो। त्यसपछि प्रहरीले आरोपित किशोरलाई पक्राउ गरेको हो।
पक्राउ परेका किशोरलाई जिल्ला अदालत पाल्पाबाट ५ दिनको म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी एवं डीएसपी भीमलाल भट्टराईले जानकारी दिए।
प्रकाशित मिति: ६ भाद्र २०८३, शनिबार













प्रतिक्रिया