काठमाडौं । रसुवाको उत्तरगया गाउँपालिका–१, तिरुमा वर्षासँगै आएको पहिरोले ११ वटा घर तथा गोठमा पूर्ण तथा आंशिक क्षति पुर्याएको छ।
शुक्रबार राति करिब १० बजे काजुलाबाट आएको पहिरोले घर तथा गोठमा क्षति पुर्याएको हो। पहिरोका कारण ६५ जना विस्थापित भएका छन् भने मानवीय क्षति भने भएको छैन।
पहिरोका कारण पशुचौपाया तथा घरगोठमा क्षति पुगेपछि करिब २९ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: ६ भाद्र २०८३, शनिबार













प्रतिक्रिया