काठमाडौ । जनकपुरधाममा गुठी तथा ऐतिहासिक पोखरीका जग्गा अतिक्रमण हटाउने अभियान सुरु भएको छ। गुठी संस्थानले शनिबारदेखि गोरधोइ पोखरीको अतिक्रमित डिलमा डोजर चलाएर संरचना हटाउन थालेको हो।
जनकपुरधामका ४९ वटा पोखरीलाई अतिक्रमणमुक्त बनाउने लक्ष्य राखिएको छ। पहिलो चरणमा सात वटा पोखरीका डिल खाली गराउने तयारी गरिएको संस्थानले जनाएको छ। सूचना जारी गरेर अतिक्रमित संरचना हटाउन आग्रह गर्दा पनि अटेर गरेपछि डोजर चलाइएको हो।
प्रकाशित मिति: ६ भाद्र २०८३, शनिबार













प्रतिक्रिया