काठमाडौं । चितवनमा बलात्कारलगायत जघन्य अपराधमा संलग्न दोषीलाई कडा कानुनी सजाय दिनुपर्ने माग गर्दै प्रदर्शनकारीहरूले अनिश्चितकालीन धर्ना सुरु गरेका छन्।
प्रदर्शनकारीहरूले सरकारका प्रतिनिधि आएर आफ्ना माग सम्बोधन गर्ने प्रतिबद्धता जनाउनुपर्ने बताएका छन्। उनीहरूले यस्ता गम्भीर अपराधमा प्रभावकारी र कडा दण्डको व्यवस्था गर्नुपर्ने माग गरेका छन्।
सरकारसँग वार्ता र माग सम्बोधन नभएसम्म धर्ना जारी राख्ने उनीहरूको भनाइ छ। केही दिनअघि सिमराकी ३ वर्षीया बालिका गरिमा चौधरीको हत्या भएपछि दोषीलाई कडा कारबाही तथा मृत्युदण्ड दिनुपर्ने मागसहित देशभर आवाज उठिरहेको छ।
प्रकाशित मिति: ६ भाद्र २०८३, शनिबार













प्रतिक्रिया