काठमाडौं । सिराहा प्रहरीले लागु औषध ब्राउन सुगरसहित ३ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार शनिबार राति सिराहा गोलबजार ३ स्थित विकास होटल अगाडी मोटरसाइकलमा आउँदै गरेका व्यक्ति शङ्का लागि चेकजाँच गर्दा ११.६२ मिलिग्राम ब्राउन सुगर सहित अभियुक्तहरू पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा चालक सिराहा धनगढीमाई नगरपालिका ८ बस्ने १९ वर्षीय दिपककुमार यादव, सोही नगरपालिकाको वडा नम्बर ७ बस्ने २० वर्षीय आशिक महतो र ६ नम्बरका वडा बस्ने १८ वर्षीय राजेशकुमार दास रहेका छन् ।

प्रहरी प्रवक्ता एवं डिएसपी रमेश बहादुर पालका अनुसार अभियुक्तहरू मधेस प्रदेश ०१–००५ प २४९३ नम्बरको मोटरसाइकलमा सवार भई कसहाबाट गोलबजार आउँदै गर्दा चेकजाँचको क्रममा ब्राउन सुगरसँगै २ हजार ९ सय २० रुपैयाँ सहित पक्राउ परेका हुन । आरोपित तिनै जनालाई मोटरसाइकल सहित थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय गोलबजारमा राखिएको छ ।

प्रकाशित मिति: ७ भाद्र २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com