सप्तरी । सप्तरीको शम्भुनाथ नगरपालिका–३ मा तीन वर्षीया बालिका मृत अवस्थामा फेला परेकी छन्।
स्थानीय इरफानकी तीन वर्षीया छोरी सानिया खातुनको शव आइतबार घरपछाडिको झाडीमा फेला परेको हो।
परिवारका अनुसार सानिया आइतबार बिहान करिब ९ बजेसम्म घरमै थिइन्। त्यसपछि बालिका नदेखिएपछि परिवारले खोजी थालेका थिए। खोजी गर्ने क्रममा घरबाट करिब ६० मिटर पछाडि रहेको झाडीमा उनको शव फेला परेको हो।
घटनाबारे जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय सप्तरीबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले घटनास्थलको मुचुल्कालगायत आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख प्रहरी उपरीक्षक रूपक खड्काले जानकारी दिए।
प्रहरीका अनुसार बालिकाको मृत्युको कारण तत्काल खुल्न सकेको छैन। घटनाको प्रकृति र मृत्युको कारणबारे थप अनुसन्धान भइरहेको छ।
प्रकाशित मिति: ७ भाद्र २०८३, आइतबार













प्रतिक्रिया