काठमाडौं । जेन्जी आन्दोलनका क्रममा प्रहरीबाट लुटिएको एक थान सट गनसहित झापाको दमकबाट २० वर्षीय युवक पक्राउ परेका छन्। मोरङको उर्लाबारी–६ घर भई दमक–२ मा मोटरसाइकल ग्यारेजमा काम गर्दै आएका सुमन कर्णलाई प्रहरीले पक्राउ गरेको हो।

प्रहरीले उनको बयानका आधारमा दमक–४ स्थित खैरबारीमा लुकाएर राखिएको अवस्थामा सट गन बरामद गरेको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: ७ भाद्र २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com