काठमाडौं । कैलालीको चुरे गाउँपालिका–५ स्थित सुरुगडा चिप्ले झरनाबाट खसेर शनिबारदेखि बेपत्ता भएका २२ वर्षीय खगराज पन्तको शव फेला परेको छ। डडेल्धुराको अजयमेरु गाउँपालिका–३ ठेकीलाका पन्त घुम्नका लागि झरना पुगेका बेला चिप्लिएर झरेका थिए।
घटनापछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको टोलीले खोजी गरिरहेको थियो। खोजीका क्रममा झरनाबाट करिब ५०० मिटर तल उनको शव भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
पन्त धनगढीस्थित डेनित इन्स्टिच्युटमा कोरियन भाषा अध्ययनरत थिए। शव परीक्षणका लागि धनगढी पठाइएको प्रहरीले जनाएको छ। जोखिमयुक्त चिप्ले झरनामा पर्यटकको चहलपहल बढ्दै गएपछि प्रहरीले सावधानी अपनाउन आग्रह गरेको छ।
प्रकाशित मिति: ७ भाद्र २०८३, आइतबार













प्रतिक्रिया