काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीको निर्देशनविपरीत बागमती प्रदेश सरकारमा सहभागी भएका आफ्ना तीन प्रदेशसभा सदस्यलाई पदमुक्त गरेको छ।
पार्टीको ह्विप उल्लंघन गर्दै तथा केन्द्रीय कार्यसम्पादन समितिको निर्णयविपरीत प्रदेश सरकारमा सहभागी भएको भन्दै राजु विष्ट, राजेन्द्र प्रजापति र गिरबहादुर तामाङलाई पदमुक्त गरिएको हो।
राप्रपाको केन्द्रीय अनुशासन समितिको सिफारिसका आधारमा उनीहरूलाई पदमुक्त गरिएको पार्टीले जनाएको छ। उनीहरूको पदमुक्तसम्बन्धी पत्र सोमबार बागमती प्रदेशसभाका उपसभामुखलाई बुझाइएको थियो।
उक्त पत्र उपसभामुखको आदेशमा प्रदेशसभा सचिवालयमा समेत दर्ता भएको छ।
प्रकाशित मिति: ८ भाद्र २०८३, सोमबार












प्रतिक्रिया