काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले रास्वपाकी सांसद इन्दिरा रानामगर र एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले संसद् बैठकमा प्रयोग गरेका असंसदीय तथा अमर्यादित शब्द अभिलेखबाट हटाउन निर्देशन दिएका छन्।
भदौ १ गतेको बैठकमा रानामगरले प्रयोग गरेका ‘भालु’, ‘वेश्या’ र ‘साइबर सेना’ लगायतका शब्द हटाउन सभामुखले निर्देशन दिएका हुन्।

त्यस्तै, भदौ ३ गतेको बैठकमा बादलले प्रयोग गरेका ‘नागरिकहरूको बलि’, ‘पाकिस्तानी मोडल’, ‘नर्थ कोरिया मोडल’ र ‘अमेरिका’ लगायतका शब्द पनि संसद्को अभिलेखबाट हटाउन सचिवालयलाई निर्देशन दिइएको छ।

प्रकाशित मिति: ८ भाद्र २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com