काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री बालेन्द्र शाहले लगाउने कालो चस्मालाई लिएर व्यंग्यात्मक टिप्पणी गरेका छन्।
प्रधानमन्त्रीको चस्माको रङभन्दा सरकारले जनताका पक्षमा कस्तो काम गर्छ भन्ने विषय महत्वपूर्ण हुने शाहीको भनाइ छ। उनले चस्माको रङलाई बहसको विषय बनाउनुभन्दा सरकारको काम र त्यसको परिणाम हेर्नुपर्नेमा जोड दिएका छन्।
सामाजिक सञ्जालमार्फत टिप्पणी गर्दै शाहीले भनेका छन्, ‘प्रधानमन्त्रीको चस्मा कालो होस् कि सेतो, काम गरे भइहाल्यो। बिरालो कालो होस् कि सेतो, मुसा मार्न सक्नुपर्यो। त्यसैले कालो चस्मा कि सेतो चस्मा होइन, काम गर्ने चस्मा चाहिएको हो।’
प्रधानमन्त्री शाहले स्वास्थ्य समस्याका कारण प्रतिनिधिसभा बैठकमा कालो चस्मा लगाएर उपस्थित हुनुपर्ने भन्दै संघीय संसद् सचिवालयमा चिकित्सकीय प्रतिवेदनसहित पत्र बुझाएका छन्।
प्रधानमन्त्रीको आँखामा उज्यालो सहन कठिन हुने र आँखा सुक्खा हुने समस्या देखिएको भन्दै चिकित्सकले कालो चस्मा प्रयोग गर्न सुझाव दिएको प्रतिवेदन सचिवालयमा बुझाइएको छ। यही विषयलाई लिएर शाहीले प्रधानमन्त्रीमाथि व्यंग्य गरेका हुन्।
प्रकाशित मिति: ९ भाद्र २०८३, मंगलबार













प्रतिक्रिया