काठमाडौं। नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै पूर्वसभापति शेरबहादुर देउवा पक्षले सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि बिहीबार सुनुवाइ हुने भएको छ।
देउवा र पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले संयुक्त रूपमा दायर गरेको रिटमा प्रारम्भिक सुनुवाइका लागि बिहीबार पेसी तोकिएको नेता मीन विश्वकर्माले जानकारी दिएका छन्।
पार्टीको आधिकारिकतासम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेकाले त्यसको अन्तिम टुंगो नलागेसम्म महाधिवेशनसम्बन्धी प्रक्रिया अघि बढाउन रोक लगाउनुपर्ने देउवा पक्षको माग छ। यसअघि सर्वोच्चले उक्त मुद्दामा पुनरावलोकनका लागि ‘निस्सा’समेत प्रदान गरिसकेको छ।
यसबीच संस्थापन पक्षले आगामी असोज १६ देखि १९ गतेसम्म १५औँ महाधिवेशन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेर तयारी अघि बढाइरहेको छ।
अब बिहीबार सर्वोच्च अदालतले दिने आदेशले कांग्रेसको १५औँ महाधिवेशनको प्रक्रिया अघि बढ्ने वा रोकिने भन्ने विषयमा महत्वपूर्ण प्रभाव पार्ने देखिएको छ।
प्रकाशित मिति: ९ भाद्र २०८३, मंगलबार













प्रतिक्रिया