- सांकेतिक तस्विर
वीरगन्ज । बाराको जीतपुर सिमरा उपमहानगरपालिका–६ बाट ११ वर्षीया बालिका बेपत्ता भएकी छन्।
बेपत्ता हुनेमा स्थानीय सनाया खातुन रहेकी छन्। इलाका प्रहरी कार्यालय सिमराका अनुसार बालिका बेपत्ता भएको भन्दै उनकी आमा गुलाप्सा खातुनले मंगलबार मध्यान्ह प्रहरीमा निवेदन दिएकी हुन्।
इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक (डीएसपी) दयाकृष्ण भट्टले बालिका बेपत्ता भएको निवेदन प्राप्त भएको पुष्टि गरे।
निवेदन प्राप्त भएलगत्तै प्रहरीले बालिकाको खोजी सुरु गरेको जनाएको छ। बालिका कहाँ र कसरी बेपत्ता भइन् भन्नेबारे पनि प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको छ।
प्रकाशित मिति: ९ भाद्र २०८३, मंगलबार













प्रतिक्रिया