काठमाडौं। विवादास्पद व्यवसायी दीपक भट्टसँग जोडिएको शंकास्पद वित्तीय कारोबार तथा धितोपत्र र बीमा ऐनविपरीतको कसुरमा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुभाष पौडेल, सुनिता महर्जन, अनुप मालाकार र सुनिता श्रेष्ठ रहेका छन्।
नेपाल धितोपत्र बोर्ड र नेपाल बीमा प्राधिकरणको प्रारम्भिक प्रतिवेदनका आधारमा अनुसन्धान गरिरहेको सीआईबीले उनीहरूलाई पक्राउ गरेको हो। उनीहरूमाथि शंकास्पद लगानी, शेयर कारोबारमा अनियमितता तथा बीमा क्षेत्रमा गैरकानुनी गतिविधिमा संलग्न रहेको आरोप छ। पक्राउ परेकालाई थप अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: ९ भाद्र २०८३, मंगलबार











प्रतिक्रिया