काठमाडौं । घरबाट सम्पर्कविहीन भएकी ११ वर्षीया सनाया खातुन वीरगन्जस्थित एक बालगृहमा सुरक्षित अवस्थामा फेला परेकी छन्।

जितपुरसिमरा–६ की सनाया गत जेठ १७ गते घरबाट निस्किएपछि सम्पर्कविहीन भएकी थिइन्। परिवारले खोज्दा नभेटिएपछि प्रहरीमा निवेदन दिएर खोजी तीव्र पारिएको थियो।

खोजीका क्रममा बालिका बालगृहमा रहेको पत्ता लागेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनी यसअघि पनि दुईपटक घरबाट हराएकी थिइन्।

प्रकाशित मिति: ९ भाद्र २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com