काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान एक्कासि ठूलो बाढी आएको छ।
रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारका अनुसार बिहान करिब सवा ९ बजे तिब्बततर्फबाट ठूलो बाढी आएको सूचना प्राप्त भएको हो।
बाढीबाट भएको क्षतिको विवरण भने अहिलेसम्म यकिन हुन सकेको छैन। घटनाबारे थप जानकारी संकलन तथा क्षतिको विवरण बुझ्ने काम भइरहेको प्रमुख जिल्ला अधिकारी परियारले बताएका छन्।
भोटेकोशी नदीमा पानीको बहाव बढेसँगै रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन हुँदै बग्ने नदी तथा खोलाका तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन र सावधानी अपनाउन आग्रह गरिएको छ।
प्रकाशित मिति: १० भाद्र २०८३, बुधबार













प्रतिक्रिया