काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहलाई सामाजिक सञ्जाल फेसबुकमार्फत अश्लील गाली तथा आपत्तिजनक अभिव्यक्ति दिएको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा झापाको भद्रपुर नगरपालिका–९ घर भई हाल कीर्तिपुरमा बस्दै आएका २३ वर्षीय पुष्कर दाहाल रहेका छन्।
उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले दाहाललाई कीर्तिपुरबाट पक्राउ गरेको हो। प्रहरीका अनुसार उनले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहलाई लक्षित गर्दै अश्लील तथा आपत्तिजनक शब्द प्रयोग गरेका थिए।
दाहालले नेपाल प्रहरीलाई समेत लक्षित गर्दै आफू ‘एक्लै भिड्ने’ आशयको अभिव्यक्ति दिएको प्रहरीको भनाइ छ।
पक्राउ परेका दाहाललाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि साइबर ब्युरोमा बुझाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एक प्रहरी अधिकृतले जानकारी दिए।
प्रकाशित मिति: १० भाद्र २०८३, बुधबार













प्रतिक्रिया