काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा आएको भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री बालेन्द्र शाहसँग टेलिफोन संवाद गरेका छन्।

मोदीले बुधबार प्रधानमन्त्री शाहसँग फोनमा कुराकानी भएको जानकारी सामाजिक सञ्जालमार्फत दिएका हुन्। कुराकानीका क्रममा उनले बाढीबाट भएको मानवीय क्षतिप्रति दुःख तथा प्रभावित परिवारप्रति समवेदना व्यक्त गरेका छन्।

नेपालमा विपद्का कारण उत्पन्न कठिन परिस्थितिमा भारत नेपाली जनताको साथमा रहेको मोदीले बताएका छन्।

उनले नेपाललाई आवश्यक पर्ने मानवीय सहायता उपलब्ध गराउन भारत तयार रहेको प्रतिबद्धता समेत जनाएका छन्। उद्धार तथा राहत कार्यमा भारतका सम्बन्धित निकायले नेपालसँग नजिक रहेर समन्वय गरिरहेको पनि उनले बताएका छन्।

भोटेकोशी नदीमा आएको भीषण बाढीबाट रसुवा, नुवाकोटलगायतका क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ। प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी उद्धार तथा राहतमा परिचालित छन्।

प्रकाशित मिति: १० भाद्र २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com