काठमाडौं । रामचन्द्र पौडेलले रसुवाको भोटेकोशीमा आएको बाढीपहिरोबाट प्रभावित नागरिकको खोजी, उद्धार र राहतका लागि राज्यका सबै संयन्त्र पराष्ट्रपतिरिचालन गर्न प्रधानमन्त्री बालेन्द्र शाहलाई आग्रह गरेका छन्।
बुधबार साँझ प्रधानमन्त्री शाहसँग टेलिफोन संवाद गर्दै राष्ट्रपति पौडेलले बाढीबाट भएको जनधनको क्षतिबारे जानकारी लिँदै उद्धार तथा राहतलाई थप तीव्र बनाउन आग्रह गरेका हुन्।
जवाफमा प्रधानमन्त्री शाहले प्रभावित नागरिकको उद्धार र राहतका लागि सरकारले राज्यका सम्पूर्ण संयन्त्र परिचालन गरी आवश्यक सबै सहयोग जुटाउने प्रतिबद्धता जनाएका छन्।
यसअघि पनि राष्ट्रपति पौडेलले विपद्को समयमा सरकार, राजनीतिक दल, सामाजिक संघसंस्था, सुरक्षाकर्मी तथा आम नागरिकलाई उद्धार र राहतमा जुट्न आग्रह गरेका थिए।
प्रकाशित मिति: १० भाद्र २०८३, बुधबार












प्रतिक्रिया