काठमाडौँ । रसुवामा आएको भीषण बाढीपछि ४०३ जना पर्यटक सम्पर्कविहीन भएका छन्। पर्यटन बोर्डका अनुसार ३४१ विदेशी र ६२ नेपाली पर्यटक रहेका छन्।
सम्पर्कविहीन विदेशीमध्ये भारतीय पर्यटक सबैभन्दा धेरै १३३ जना छन्। त्यसपछि अमेरिका ४७, अस्ट्रेलिया ३४, बेलायत ३३ र क्यानडाका २४ जना छन्।

बाढीका कारण सडक तथा सञ्चार सम्पर्क प्रभावित हुँदा खोज तथा उद्धारमा कठिनाइ भएको छ। सम्बन्धित निकायले सम्पर्कविहीन पर्यटकको खोजी तथा उद्धारलाई तीव्रता दिएका छन्।

प्रकाशित मिति: १० भाद्र २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com