काठमाडौं । भारत सरकारले रसुवाका बाढी प्रभावित नागरिकका लागि दोस्रो चरणमा ३७.५ टन मानवीय सहायता तथा विपद् राहत सामग्री नेपाल पठाएको छ।
भारतीय विदेशमन्त्री डा. एस. जयशङ्करले बिहीबार बिहान सामाजिक सञ्जालमार्फत राहत सामग्री नेपाल पठाइएको जानकारी दिएका हुन्।
उनका अनुसार भारतले बाढी तथा विपद्बाट प्रभावित नागरिकका लागि खाद्यान्न, आवश्यक औषधि तथा अन्य मानवीय सहायता सामग्री पठाएको हो।
जयशङ्करले भारत नेपालका सम्बन्धित अधिकारीहरूसँग निरन्तर सम्पर्कमा रहेको उल्लेख गर्दै विपद्का बेला आवश्यक सहयोग उपलब्ध गराउन भारत प्रतिबद्ध रहेको बताएका छन्।
यसअघि पनि भारत सरकारले रसुवाका बाढीपीडितका लागि बुधबार राति १० टन राहत सामग्री नेपाल पठाएको थियो।
रसुवामा आएको भीषण बाढीबाट ठूलो जनधनको क्षति भएपछि भारतले राहत तथा मानवीय सहायता उपलब्ध गराउँदै आएको हो। पछिल्लो खेपसँगै भारतबाट नेपालमा पठाइएको राहत सामग्रीको मात्रा थप बढेको छ।
प्रकाशित मिति: ११ भाद्र २०८३, बिहिबार













प्रतिक्रिया