काठमाडौं। हालैको बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धार कार्यलाई सहज बनाउन नेपाल राष्ट्र बैंकले तीन दिन अत्यावश्यक बैंकिङ सेवा सञ्चालन गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ।
राष्ट्र बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थालाई भदौ १२ देखि १४ गतेसम्म अत्यावश्यक बैंकिङ सेवा सुचारु राख्न निर्देशन दिएको हो।
बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्धारका लागि आवश्यक बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यले यस्तो व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ। साथै, बैंक तथा वित्तीय संस्थाले सेवा सञ्चालनसम्बन्धी जानकारी सेवाग्राही तथा सरोकारवालालाई उपयुक्त माध्यमबाट गराउनुपर्नेछ।
प्रकाशित मिति: ११ भाद्र २०८३, बिहिबार













प्रतिक्रिया