काठमाडौं। प्रधानमन्त्री बालेन शाहले नुवाकोट, रसुवा र धादिङका बाढीपहिरो प्रभावित क्षेत्रमा खोजी, उद्धार, उपचार र राहत कार्य तीव्र पारिएको बताएका छन्।

उनले नागरिकको जीवनरक्षा, बेपत्ताको खोजी र घाइतेको निःशुल्क उपचार सरकारको पहिलो प्राथमिकता रहेको बताए। उद्धारका लागि १३ हजार २ सय ९५ सुरक्षाकर्मी परिचालन गरिएको छ भने ६९ हवाई उडानमार्फत ५७३ जनाको उद्धार गरिएको छ।

सरकारले रसुवा र नुवाकोटमा १/१ करोड तथा धादिङमा ५० लाख रुपैयाँ राहतका लागि परिचालन गरेको छ। प्रभावित क्षेत्रमा राहत सामग्री, स्वास्थ्य टोली र औषधि पठाइएको छ।
प्रधानमन्त्री शाहले अवरुद्ध सडक, पुल, विद्युत्, खानेपानी तथा दूरसञ्चार सेवा शीघ्र सञ्चालन गर्न निर्देशन दिँदै उद्धार तथा राहत पूरा नभएसम्म राज्यका सबै संयन्त्र परिचालन हुने प्रतिबद्धता जनाएका छन्।

प्रकाशित मिति: ११ भाद्र २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com