काठमाडौं । भारतीय कांग्रेसका सांसद तथा पूर्वकूटनीतिज्ञ शशी थरुरले नेपालमा आएको विनाशकारी बाढीपछि भारत सरकारले गरेको सहयोगको स्वागत गरेका छन्।
काठमाडौँमा आयोजित एनडीटीभी वर्ल्ड भारत–नेपाल संवादमा बोल्दै थरुरले विपद्का बेला सहयोग गर्दा भारतीय मिडियाले विगतमा जस्तै घमण्ड र आत्मप्रशंसा गर्न नहुने बताएका हुन्।

उनले २०७२ सालको भूकम्पका बेला भारतले गरेको सहयोग सकारात्मक भए पनि भारतीय मिडियाको प्रचारशैलीले नेपाली जनतामा असन्तुष्टि पैदा गरेको स्मरण गरे। विपद्मा परेकालाई सहयोग गर्दा त्यसको अनावश्यक प्रचार गर्नु उचित नहुने उनको भनाइ थियो।
थरुरले सन् २०१६ को नाकाबन्दीलाई ‘हिमाली महाभूल’ भन्दै नेपाललाई सार्वभौम र समान हैसियत भएको छिमेकीका रूपमा सम्मान गर्नुपर्नेमा जोड दिए। भारत–नेपाल सम्बन्धलाई रोटी–बेटीको सम्बन्धमा मात्र सीमित नराखी आपसी सम्मान र संवादका आधारमा अझ मजबुत बनाउनुपर्ने उनले बताए।
नेपालमा आएको बाढीका बेला भारतले देखाएको तत्परताले दुई देशबीचको सम्बन्ध सकारात्मक दिशामा अघि बढिरहेको देखाएको पनि थरुरले बताएका छन्।

प्रकाशित मिति: ११ भाद्र २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com