काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले रसुवामा आएको बाढीबाट मृत्यु भएकाहरूको शव सुरक्षित राख्न त्रिशूली र नारायणी नदी आसपासका जिल्लामा रहेका कोल्ड स्टोर उपलब्ध गराउन आग्रह गरेका छन्।

मन्त्री पुनले बाढीबाट ठूलो मानवीय क्षति भएकाले विभिन्न स्थानमा संकलन गरिएका शवको सनाखत नहुँदासम्म सुरक्षित राख्न कोल्ड स्टोर आवश्यक रहेको बताएका हुन्।

उनले त्रिशूली र नारायणी नदी वरपरका जिल्लामा रहेका प्रयोगमा नआएका वा आंशिक रूपमा प्रयोग भएका कोल्ड स्टोर सञ्चालकलाई तत्काल सहयोग गर्न आग्रह गरेका छन्।

प्रकाशित मिति: १२ भाद्र २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com