काठमाडौं । चीनको छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगमस्थल नजिक बनेको ठूलो ताल फुटेको जानकारी प्राप्त भएको छ।

रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारका अनुसार चिनियाँ पक्षले ताल फुटेको औपचारिक जानकारी गराएको हो। ताल फुटेसँगै नदीमा पानीको बहाव बढ्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन आग्रह गरिएको छ।

प्रजिअ परियारले चिनियाँ पक्षबाट थुनिएको ताल फुटेको सूचना प्राप्त भएको पुष्टि गर्दै नदी आसपासका नागरिकलाई सतर्क गराउन आवश्यक निर्देशन दिइसकिएको जानकारी दिए।

उनका अनुसार सम्भावित जोखिमलाई मध्यनजर गर्दै नदीको तटीय क्षेत्रमा रहेका बस्ती तथा नागरिकलाई सुरक्षित स्थानमा रहन सर्कुलर जारी गरिएको छ।

प्रकाशित मिति: १२ भाद्र २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com