काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले रसुवा बाढीका कारण जलविद्युत् आयोजनाका सुरुङभित्र फसेका मजदुर, कर्मचारी तथा स्थानीयको उद्धारका लागि आज साँझसम्म टनेलसम्म पुग्ने प्रयास भइरहेको बताएका छन्।

उनले उद्धारका लागि डेडिकेटेड हेलिकप्टरसहित विज्ञ टोली परिचालन गरिएको र राति पनि खोजी तथा उद्धार कार्य जारी रहेको जानकारी दिए।

मन्त्री श्रेष्ठले सुरुङभित्र फसेकाहरूको ज्यान जोगाउनु सरकारको पहिलो प्राथमिकता रहेको भन्दै उद्धारअघि नै सम्भव भएसम्म अक्सिजन पुर्‍याउने प्रयास भइरहेको बताए। पीडित परिवारले सुरुङभित्रको अवस्था तत्काल जानकारी गराउन, अक्सिजनको व्यवस्था गर्न तथा आवश्यक उद्धार उपकरण उपलब्ध गराउन माग गरेका छन्। रसुवा बाढीबाट १२ जलविद्युत् आयोजनामा क्षति पुगेको र विभिन्न सुरुङमा पाँच सयभन्दा बढी मजदुर, कर्मचारी तथा स्थानीय फसेको बताइएको छ।

प्रकाशित मिति: १३ भाद्र २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com