काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि कोशी प्रदेशका १६७ जना नागरिक सम्पर्कविहीन भएकोमा हालसम्म २१ जना सम्पर्कमा आएका छन्। तीमध्ये २ जनाको उद्धार गरिएको छ भने १ जना घाइते अवस्थामा भेटिएका छन्। इलामका एक जनाको मृत्यु पुष्टि भएको छ।
प्रदेश प्रहरीका अनुसार अझै १४५ जना सम्पर्कविहीन छन्। सबैभन्दा बढी सोलुखुम्बुका ३९ जना बेपत्ता छन् भने उदयपुर, मोरङ, सुनसरी, ओखलढुंगा, झापा, खोटाङलगायत जिल्लाका नागरिक पनि सम्पर्कविहीन छन्। बेपत्ताको खोजी तथा उद्धार कार्यलाई सुरक्षा निकाय र स्थानीय प्रशासनले तीव्रता दिएका छन्।
प्रकाशित मिति: १३ भाद्र २०८३, शनिबार













प्रतिक्रिया