काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीको चार दिनपछि रसुवाको टिमुरेमा माटोमा पुरिएकी सात वर्षीया बालिका शिरगङ्गा इचाई मगरको जीवितै उद्धार गरिएको छ। सशस्त्र प्रहरीको टोलीले हिलाम्मे अवस्थामा रहेकी बालिकालाई उद्धार गरी हेलिकप्टरमार्फत रसुवा जिल्ला अस्पताल धुन्चे पुर्‍याएको हो।

गम्भीर घाइते बालिकालाई थप उपचारकालागिकाठमाडौंस्थित शिक्षण अस्पताल महाराजगन्ज रेफर गरिएको छ। बालिकाका आमाबुबालाई पनि यसअघि उद्धार गरी नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १३ भाद्र २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com