काठमाडौं । भोटेकोशीमा गएको बाढीले बगाएर त्रिशूली नदी हुँदै गोरखातर्फ ल्याएका २९ शवको अन्त्येष्टि गरिएको छ।
जिल्ला प्रशासन कार्यालयका अनुसार गोरखामा हालसम्म ५५ शव फेला परेका छन्। तीमध्ये पहिचान खुल्न नसकेका तथा शरीरका विभिन्न अङ्गसहितका २९ शवको डीएनए नमुना सङ्कलन गरी अन्त्येष्टि गरिएको हो।

प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद श्रेष्ठका अनुसार पर्याप्त शवगृहको अभाव र शव बिग्रिएर दुर्गन्ध फैलिन थालेपछि पहिचान खुल्न नसकेका शव व्यवस्थापन गरिएको हो।
गोरखामा भेटिएका २३ वटा सग्ला शवमध्ये ११ वटा पोखरा पठाइएको छ भने बाँकी शव स्थानीय अस्पतालका शवगृहमा राखिएका छन्।

प्रकाशित मिति: १३ भाद्र २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com