काठमाडौं । सिराहामा लागु औषध ब्राउन सुगर सहित एक युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार विशेष सूचनाको आधारमा शनिबार राति चेकजाँचको क्रममा लागुऔषध र मोटरसाइकल सहित युवक पक्राउ परेका हुन् ।

सिराहा नगरपालिका वडा नम्बर १५ स्थित बुधौरामा भारतबाट नेपाल तर्फ आउँदै गरेको प्रदेश ०२–००१ प ००७० नम्बरको मोटरसाइकल रोकी चेकजाँच गर्दा चालक सिराहा, गोलबजार नगरपालिका वडा नं. ७ बस्ने २६ वर्षीय राकेश यादव पक्राउ परेका हुन् ।

सिराहा प्रहरी प्रवक्ता रमेश बहादुर पालका अनुसार मोटरसाइकलको भाइजर भित्र कालो प्लास्टिकमा लुकाई राखेको अवस्थामा लागूऔषध ब्राउन सुगर ६ ग्राम १ सय ३० मिलिग्राम फेला परेको हो । पक्राउ परेका युवकलाई मोटरसाइकल सहित थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा ल्याई थप अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १४ भाद्र २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com