काठमाडौं । नुवाकोटस्थित माथिल्लो त्रिशूली ‘३ ए’ जलविद्युत आयोजनामा बाढीका कारण फसेका व्यक्तिहरूको उद्धारका लागि सुरुङ पहिचान भएको छ। उद्धार टोलीले सुरुङको मुख फेला पारेपछि त्यसैमार्फत उद्धारको प्रयास अघि बढाइएको हो।

उद्धारस्थलमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद श्रीराम न्यौपानेका अनुसार यसअघि नै सुरुङको मुखबाट भित्र अक्सिजन पठाउने व्यवस्था मिलाइएको थियो।

फसेका व्यक्तिहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्न नेपाली सेनाले आवश्यक उद्धार उपकरणसमेत घटनास्थलतर्फ पठाएको छ। सेनाले स्काभेटर र डोजर नुवाकोटको बट्टारसम्म पुर्‍याएर त्यहाँबाट उपकरणलाई विभिन्न भागमा छुट्याई हेलिकोप्टरमार्फत आयोजनास्थलतर्फ लैजाने काम गरेको हो।

बाढी प्रभावित तथा आयोजनामा फसेका व्यक्तिहरूको उद्धारका लागि नेपाली सेनासहित विभिन्न सुरक्षा निकाय र उद्धार टोली परिचालन गरिएको छ।

गएराति आएको भीषण बाढीका कारण आयोजनास्थलमा समस्या उत्पन्न भए पनि फसेका व्यक्तिहरूको उद्धारका लागि प्रयास निरन्तर जारी रहेको जनाइएको छ। उद्धार टोलीले सुरुङमार्फत सुरक्षित रूपमा पहुँच पु¥याउने र फसेकाहरूलाई बाहिर निकाल्ने प्रयास गरिरहेको छ।

प्रकाशित मिति: १४ भाद्र २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com