काठमाडौं । भोटेकोशी तटीय क्षेत्रअन्तर्गत रसुवा, नुवाकोट र धादिङलगायत जिल्लाका बाढीपीडितको खोज, उद्धार तथा राहतका लागि हिमालयन बुलीयन कम्पनी लिमिटेडले १ करोड १ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको छ।
कम्पनीले यसअघि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २१ लाख रुपैयाँ जम्मा गरिसकेको जनाएको छ। थप ८० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेसँगै कम्पनीको कुल सहयोग रकम १ करोड १ लाख रुपैयाँ पुगेको हो।
कम्पनीले बाढीमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
कम्पनीका प्रतिनिधिहरूले सहयोग रकमको चेक अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका छन्। कम्पनीले विपद्बाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम उपलब्ध गराएको जनाएको छ।
प्रकाशित मिति: १४ भाद्र २०८३, आइतबार













प्रतिक्रिया