काठमाडौं । रसुवाको बाढी तथा पहिरोमा परी सम्पर्कविहीन भएका कोशी प्रदेशका विभिन्न जिल्लाका २१ जना सकुशल सम्पर्कमा आएका छन्। यस्तै, जलविद्युत् आयोजनाका सुरुङ तथा कार्यस्थलमा फसेका ३ जनाको जीवितै उद्धार गरिएको छ।
प्रहरीका अनुसार उद्धार गरिएकाहरूलाई सुरक्षित स्थानमा ल्याइएको छ। बाढी तथा पहिरोमा परी इलामका एक जनाको भने मृत्यु भएको पुष्टि भएको छ। अझै केही व्यक्ति सम्पर्कविहीन रहेकाले खोजी तथा उद्धार कार्यलाई तीव्रता दिइएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १४ भाद्र २०८३, आइतबार













प्रतिक्रिया