काठमाडौं । नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि चीनले नेपाललाई २२ लाख अमेरिकी डलर सहयोग गरेको छ।
चीन सरकारले आपत्कालीन राहतस्वरूप २० लाख अमेरिकी डलर सहयोग उपलब्ध गराएको हो। नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग भेट गरी उक्त सहयोग नेपाल सरकारलाई हस्तान्तरण गरेका छन्।
त्यसैगरी, चिनियाँ रेडक्रस सोसाइटीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा थप २ लाख अमेरिकी डलर सहयोग गरेको छ। यससँगै बाढी तथा विपद्बाट प्रभावित नेपाली नागरिकको राहत र उद्धारका लागि चीनबाट कुल २२ लाख अमेरिकी डलर बराबरको सहयोग प्राप्त भएको छ।
प्रकाशित मिति: १४ भाद्र २०८३, आइतबार













प्रतिक्रिया