काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ हजार ४०० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला ३ लाख ६ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।
आइतबार सुन प्रतितोला ३ लाख ९ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला ४ हजार ७८० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
प्रकाशित मिति: १५ भाद्र २०८३, सोमबार












प्रतिक्रिया